इन्स्टाग्रामा अब लाइक संख्या नदेखिने, विभिन्न देशमा परीक्षण | Khabarhub Khabarhub

इन्स्टाग्रामा अब लाइक संख्या नदेखिने, विभिन्न देशमा परीक्षण


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जाल फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले लाइकको संख्या लुकाउने आफ्नो परीक्षणलाई तिव्रता दिएको छ ।

यसैसातादेखि अमेरिकी प्रयोगकर्ता माझ यसको परीक्षण सुरु हुने कम्पनीले जनाएको छ ।

इन्स्टाग्रामले यसअघि जापान, ब्राजिल र क्यानडाका सीमित प्रयोगकर्ता माझ यसको परीक्षण आरम्भ गरेको थियो । परीक्षणको नतिजा सकारात्मक आएको भन्दै कम्पनीले अमेरिकामा पनि यसको परीक्षण थाल्ने भएको हो ।

केही समयपछि विश्वभरका प्रयोगकर्ताको इन्स्टाग्राम लाइक संख्या लुकाउने कम्पनीको योजना छ । अमेरिकामा इन्स्टाग्रामका १० करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

लाइक संख्याले आफ्नो प्लेटफर्ममा सेलिब्रेटी र साधारण प्रयोगकर्ताबीच वर्ग छुट्याउने भन्दै इन्स्टाग्रामले लाइक संख्या नदेखाउने फिचरको परीक्षण सुरु गरेको हो ।

आफ्नो पोष्टमा आएको लाइक तथा कमेन्ट संख्या प्रयोगकर्ताले हेर्न पाउने भए पनि अन्य प्रयोगकर्तालाई भने त्यो देखाइने छैन । यो फिचरले प्रयोगकर्तामाझ लाइक बढाउने अस्वस्थ प्रतिस्पर्धा नहुने कम्पनीको धारणा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : ५४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र