बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु | Khabarhub Khabarhub

बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको ब्रह्मणबान्डिया जिल्लामा मंगलबार भएको ट्रेन दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

दुईवटा ट्रेन एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा अन्य ५० जना घाइते भएका जनाइएको छ ।

सिलहटबाट चटगाउँ जाँदै गरेको उदयन एक्सप्रेस मंगलबार बिहान २ बजेर १५ मिनेटमा चटगाउँबाट ढाका जाँदै गरेको टुर्ना निसिता एक्सप्रेससँग मोङ्डोभाग रेलवे स्टेशनमा ठोक्किएको थियो ।

स्थानीय प्रहरीका अनुसार ९ जना यात्रुको मृत्यु घटनास्थलमै भएको थियो । बाँकी ७ जनाको उपचारका लागि अस्पताल भर्ना गरिएको अवस्थामा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : ०६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र