‘फूल और काँटे’ को रिमेक बनाउँदै अजय ! | Khabarhub Khabarhub

‘फूल और काँटे’ को रिमेक बनाउँदै अजय !


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजय देवगन आफ्नो आउँदो फिल्म ‘तानाजी – द अनसङ वारिअर’ रिलिजपछि बलिउडमा १०० फिल्मको यात्रा पूरा गर्दैछन् । यसै अवसरमा बलिउडका सिताराले अजयलाई बधाई पनि दिइरहेका छन् ।

हालै अजय देवगनले एक अन्तर्वार्ताका क्रममा ‘फूल और काँटे’ को रिमेक गर्ने बताए । यो खबरसँगै फ्यानको प्रतीक्षाको घडी शुरु भएको छ ।

अजय देवगनले आफ्नो पहिलो फिल्मको रिमेक बनाउन चाहेका हुन् । ‘म यसलाई फेरिएको समयका हिसाबले फरक तरिकाको प्रस्तुतीकरण सहित फिल्म बनाउने सोचमा छु,’ देवगनको भनाइलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

‘फूल ‌और काँटे’ सन् १९९१ मा रिलिज भएको थियो । अजयले यो फिल्मलाई कसैसँग मिलेर निर्माण गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ११ : ४५ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार