पूर्वश्रम स्वीकृति अघि नै मलेसिया जाने ८० हजार कामदारबाट उठाइयो २५ करोड | Khabarhub Khabarhub

पूर्वश्रम स्वीकृति अघि नै मलेसिया जाने ८० हजार कामदारबाट उठाइयो २५ करोड


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-म्यानपावर कम्पनीले मलेसिया जाने कामदारबाट पूर्व श्रमस्वीकृति नै नलिई इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) बापतको रकम लिएको पाइएको छ ।

८० हजार कामदारबाट आईएससीबापत २५ करोड ७० लाख रुपैयाँ उठाइएको जिएसजीका सञ्चालक गोविन्द थपलियाले जानकारी दिए ।

मलेसिया रोजगारीका लागि जाने विदेशी श्रमिकले अनिवार्य इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) परीक्षण गर्नुपर्छ । मलेसिया जाने कामदारले आईएससीका लागि ३ हजार २ सय रुपैयाँ जीएसजी संस्थालाई तिर्नुपर्ने प्रावधान छ ।

यसरी मलेसियाको रोजगारीका लागि आईएससी परीक्षण गरेर तिरेको ६३ प्रतिशत रकम मलेसिया भित्रिने गरेको छ।

इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) गर्ने जिम्मा पाएको जीएसजी संस्थाका अनुसार १ लाख श्रमिकको आइएससी गरिसकेको छ । जसमा २० हजारले पुनः नवीकरण गरेका छन् ।

आईएससी गरेका ८० हजार कामदार मध्ये २० हजार कामदार मलेसिया जान पाउने निश्चित पनि नभएको जिएसीले जनाएको छ । यसरी रोजगारीमा जाने निश्चित नै नभएका कामदारबाट उठाइएको २५ करोड ६१ लाख रुपँयौ मलेसिया पठाउने तयारी जीएसजी सञ्चालक थपलियाले बताए ।

जिएसजीमार्फत आईएससी गरेको १३ प्रतिशत भ्याटसहित २७ प्रतिशत अर्थात ६ लाख ९३ हजार ९ सय रुपैयाँ भने सरकारको खातामा जम्मा भएको छ । त्यो भन्दा बाहेक श्रमिकले तिरेको सबै पैसा मलेसिया जाने गरेको जिएसजी जनाएको छ ।

‘जिएसजी गराएका श्रमिकको ६३ प्रतिशत पैशा मलेसिया जान्छ । नेपाल सरकारलाई १३ प्रतिशत भ्यानसहित २७ प्रतिशत आउँछ । त्यो भन्दा बाहेकको रकम मलेसिया पुग्छ,’ थपलियाले भने ।

उनका अनुसार नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिकमा भएको श्रम सम्झौतामा पनि यो विषय खुलाएको छ ।

‘एक हप्तायता जिएसजीले पुर्वश्रम स्वीकृतिको नम्बर नभएका श्रमिकको आइएससी गर्ने छाडेको छ,’ उनले भने, ‘वैदेशिक रोजगार विभागले गत साता जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा लिएको पैसा तत्काल फिर्ता सूचना जारी गरेको थियो । त्यसपछि पुनःश्रम स्वीकृति नभएका श्रमिकको आइएससी गर्ने छाडेको छौं ।’

विभागले सूचना जारी गर्नुअघि १ हजारको हाराहारीमा आइएससीका लागि श्रमिकको आवेदन आउने गरेको थियो । तर, सूचना जारी गरेपछि ५० जनामा मात्र आइएससी गर्न आउने गरेको थपलियाले बताए ।

श्रमिकको पैसा फिर्ता गर्न विभागको निर्देशन

दुई देश भएको श्रम स्वीकृति अनुसार नै मलेसिया जाने कामदारको आईएससी गरेको जिएसजीले जानकारी दिएको छ । तर, विभागले भने गत साता नै सूचना जारी गरेर जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा लिएको पैसा तत्काल फिर्ता गर्ने सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

म्यानपावरले वैदेशिक रोजगारीको प्रक्रिया नै शुरु नगरी पैसा उठाउने गरेको गुनासो वैदेशिक रोजगार विभागमा आएपछि आफूहरुले म्यानपावर व्यवसायीलाई सचेत गराएको विभागका महानिर्देशक डा.भिष्म भुषालले जानकारी दिए । यसरी सचेत गराएपछि पुर्व श्रम स्वीकृति लिएका कामदार मात्र आइएससी लिइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारले ल्याउने गुनासोलाई उचित स्थान दिएर समस्या समाधान गर्न विभाग तयार रहेको भन्दै भुषालले शुरुमा म्यानपावर कम्पनीलाई सचेत गराएको र उनीहरुले अटेर गरे कानूनी कारबाही प्रक्रिया अघि बढाउने दाबी गरे । तर, अहिले पुर्व श्रम स्वीकृति लिएका कामदारको मात्र आइएससी मात्र लिइरहेको सूचना पाएको महानिर्देशक भुषालले बताएका छन् ।

जिएसजीका सञ्चालक थपलियाले पनि अहिले पुर्वश्रम स्वीकृति नम्बर भएका मलेसिया जाने श्रमिकको आइएससी गरिरहेको जानकारी दिएका छन् ।

विभागले सूचना जारी गर्नुअघि करिब १ हजार जना आइएससी गर्ने आउने गरेका अहिले दैनिक ५० जना मात्र आउने गरेका जिएससीले जानकारी दिएको छ ।

यदि फेरि पुनःश्रम स्वीकृति नदिइ आईएससी गरेको थाहा पाए म्यानपावर, मेडिकल र जिएसजीलाई पनि कारवाही गर्ने विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : ५३ बजे

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा

पोखरा- गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले

गण्डकीमा सभामुखकाे मत जाेडेर मुख्यमन्त्रीले पाए विश्वास

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी

कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै

काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल