आफ्नै रेकर्ड तोड्दै अक्षय कुमार ! | Khabarhub Khabarhub

आफ्नै रेकर्ड तोड्दै अक्षय कुमार !


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका मिस्टर खेलाडी अक्षय कुमार बक्स अफिसमा व्यापारको सुइ घुमाउन माहिर खेलाडी हुन् । सन् २०१९ मा रिलिज भएका अक्षयका सबै फिल्मले बक्स अफिसमा नोट छापे ।

यही वर्ष रिलिज भएको फिल्म ‘मिसन मंगल’ अक्षयको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । अब भने उनले आफ्नो रेकर्ड छोटो समयमै तोड्ने देखिएको छ ।

अक्षय कुमारको ‘मिसन मंगल’ ले २०२ करोड भारु कमाएको थियो । यो रेकर्डलाई ‘हाउसफूल ४’ ले तोड्ने देखिएको छ । भारतीय मिडियाका अनुसार फिल्मले रिलिजको तेस्रो हप्तासम्म आइपुग्दा १९८ करोड कमाइ गरेको छ ।

फिल्मले अहिले पनि बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । फिल्म पण्डितले यो फिल्मले अक्षय कुमारको ‘मिसन मंगल’ को कमाइलाई जित्ने आँकलन गरेका छन् । कमेडी जानरामा बनेको यो फिल्मले समीक्षा राम्रो नपाए पनि दर्शकको साथ भने पाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : १९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर