इंग्ल्याण्डका फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने | Khabarhub Khabarhub

इंग्ल्याण्डका फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डका फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने भएका छन् ।

इंग्ल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्व खेल्दैछ ।

तर इंग्ल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसंग स्टर्लिङले गरेको ब्यवहारलाई लिएर उनलाई टिम बाहिर राख्ने निर्णय लिएको हो ।

२४ बर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा इंग्ल्याण्डका डिफेन्डर जोए गोमेजसंग विवाद गरेका थिए । सो खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो ।

‘दुर्भाग्य रुपमा हिजोको खेलको भावना अझै बाँकी छन् ।’ इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने ।

‘हाम्रा लागि सबै भन्दा ठुलो चुनौती र बलियो पक्ष भनेको हामीले क्लबको प्रतिद्वन्दी भावलाई राष्ट्रिय टिमबाट मुक्त गर्नुपर्छ ।’ उनले भने, ‘सोही कारण रहिमलाई बिहिबार हुने मोन्टेनेग्रोविरुद्व नखेलाउने निर्णय भएको छ । टिमका लागि सहि निर्णय लिएको मैले अनुभुती गरेको छु ।’

‘हामीले सम्पुर्ण टिमको सहमतीमा यो निर्णय लिएका हौ । अब हामीले खेलाडीलाई सहयोग गर्नपर्छ । बिहीबारको खेलमा केन्द्रित हुनपर्छ ।’ उनले थपे ।

इंग्ल्याण्डको सिनियर फुटलब टिमले बिहिबार एक हजारौ अन्तराष्ट्रिय खेल खेल्दैछ ।

बिहिबार हुने खेलमा जित हासिल गरेमा इंग्ल्याण्ड युरो कपमा छनोट हुनेछ ।

युरो छनोट अन्तर्गत समूह एमा इंग्ल्याण्ड शीर्ष स्थानमा छ । उसले दोस्रा स्थानको चेक रिपब्लिकसंग तीन अंकको अग्रता लिएको छ ।

इंग्ल्याण्डलाई एक अंक समेत छनोटका लागि पर्याप्त हुनेछ, यदी चेक रिपब्लिक र कोसोभोबीचको खेल बराबरी सकिएको खण्डमा ।

इंग्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ०१ बजे

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा