उपयोगी बन्दैछन् बायोग्यास प्लान्ट | Khabarhub Khabarhub

उपयोगी बन्दैछन् बायोग्यास प्लान्ट


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् । कतिपयले त उत्पादनसमेत थालिसकेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैङ्कको आर्थिक सहायतामा देशभर साढे चार सयभन्दा धेरै आयोजना बनिरहेको केन्द्रले छ । परियोजनाअन्तर्गत अहिलेसम्म ठूला र नगर फोहोरका १६५ र संस्थागत तथा सामुदायिक तीन सय आयोजना निर्माण गरिएको केन्द्रले जनाएको छ ।

यीमध्ये व्यावसायिक प्रयोजनका एक हजार पाँच सय घनमिटर क्षमताभन्दा ठूला १२ आयोजना आकर्षक आयोजना छन् । चार प्लान्टबाट ग्यास, मल तथा विद्युत्समेत उत्पादन शुरु भएको गोरखापत्र दैनिकमा खबर छ ।

केन्द्रको ४० प्रतिशत अनुदान सहायतामा बनेका चार हजार घनमिटर क्षमताको गण्डकी ऊर्जा प्रालि (पोखरा), तीन हजार सात सय घनमिटर क्षमताको एनभी पावर इनर्जी, यस्तै १५ सय घनमिटरको दोस्रो प्लान्ट र तीन हजार पाँच सय घनमिटर क्षमताको खिलुङ कालिका एग्रो फार्म (स्याङ्जा)ले उत्पादनसमेत थालेको बायोग्यास विस्तार कार्यक्रमका कार्यक्रम अधिकृत अनुपम भुसालले जानकारी दिए ।

खिलुङ कालिकाले कुखुराको सुलीबाट विद्युत् उत्पादन नै थालेको छ । कुखुरा उत्पादन गरिरहेको उक्त फार्मबाट ३५० किलोवाट विद्युत् उत्पादन भएको छ । यो विद्युत् आन्तरिक खपतकै लागि प्रयोग गरिएको छ ।

सञ्चालक शोभाकान्त ढकालका अनुसार बायोग्यास प्लान्टका कारण कुखुराको सुली व्यवस्थापन सहज भएको छ भने बिजुली पनि प्राप्त भएको छ । दैनिक औसत १० टनसम्म प्राङ्गारिक मल पनि उत्पादन हुने गरेको उनले जानकारी दिए ।

विभिन्न नगर क्षेत्रमा बन्दै गरेका यस्ता परियोजनाको अब उद्योगस्तरमै बायोग्यासलाई लैजान सम्भव देखिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक मधुसुधन अधिकारी बताउँछन् । उनका अनुसार ठूला बायोग्यास परियोजना वातावरणीय स्वच्छता, एलपीग्यास विस्थापन र रोजगारी सिर्जनाका अतिरिक्त कृषिको आधुनिकीकरण र सबलीकरणका लागि उपयुक्त देखिएको छ ।

पशु फार्म सञ्चालन गर्नेले मल प्रशोधन, दूध तथा आहार प्रशोधनका लागि पर्याप्त ऊर्जा र घाँस तथा दाना उत्पादनका लागि यही मल प्रयोग गर्दा सम्पूर्ण रूपले यो उपयोगी पनि साबित हुने उनको अनुभव छ ।

यस्ता परियोजना निर्माणका लागि विश्व बैङ्कले २० प्रतिशत र केन्द्रले २० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।

२०७१ मङ्सिरदेखि सञ्चालित उक्त परियोजनाको अवधि भने आगामी मङ्सिरमा सकिँदैछ । अनुदान रकम सबै रकम खर्च नभइसकेको र कतिपय परियोजना निर्माणाधीन भएकाले पाँच वर्षे उक्त परियोजनाको अवधि डेढ वर्ष थप गर्न केन्द्रले प्रस्ताव पनि गरिसकेको छ ।

परियोजना शुरु भएपछि भूकम्प र नाकाबन्दीका कारण पनि केही समय परियोजनाको काम अवरुद्ध हुन पुगेको थियो । कार्यक्रम अधिकृत भुसालका अनुसार व्यावसायिक र नगर फोहोरका ३५० बायोग्यास बनाउने लक्ष्य राखिएकामा १६५ वटा बनिसकेका छन् । परियोजनाले व्यावसायिक, संस्थागत, सामुदायिक र नगर फोहोर गरेर चार प्रकृतिका ठूला बायोग्यास निर्माण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ५० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर