पति विदेशमा, नेपालमा आमा छोरीको विभत्स हत्या | Khabarhub Khabarhub

पति विदेशमा, नेपालमा आमा छोरीको विभत्स हत्या


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयरपुर– उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।

आज बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली जघनास्थल पुगेको थियो । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।

मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : ५७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र