सीको सवारी हुने बाटोको प्रधानमन्त्रीले गरे निरीक्षण | Khabarhub Khabarhub

सीको सवारी हुने बाटोको प्रधानमन्त्रीले गरे निरीक्षण


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गरेका छन् ।

सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आउँदै छन्। सीको भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। भव्य स्वागतको तयारी गरिएको छ ।

सी हिड्ने बाटो चिटिक्क पारेर सिंगारिको छ। सडकका खम्बाहरूमा सी र राष्ट्रपति विद्यादेवी भण्डारीका फोटाहरू टाँगिएका छन्। सीको रूटमा पर्ने सबै बाटो मर्मत गरेर चिल्लो बनाइएको छ भने पुलहरू रंगाएर चिटिक्क पारिएको छ।

साथै हरियाली देखाउने अस्थायी रूपमा बिरूवाहरू रोपिएको र गमलाहरू सजाइएको छ। सडकमा सुरक्षा तैथानी पनि बाक्लो बनाइएको छ । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।

सी विमानस्थलदेखि तिनकुने, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ।

अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सी करिब ९० जना प्रतिनिधिमण्डलसहित आउँदै छन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सांसद तथा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १० : ३१ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति