मोदीले एक हप्ता महाराष्ट्रमा चुनावी प्रचार गर्ने | Khabarhub Khabarhub

मोदीले एक हप्ता महाराष्ट्रमा चुनावी प्रचार गर्ने


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी महाराष्ट्रमा हुने चुनावका लागि एक हप्ता प्रचारमा खट्ने भएका छन् । चुनावी प्रचारका लागि उनले अक्टोबर १३ देखि १८ तारिख नै तय गरेका छन् ।

आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवारहरुलाई विजयी गराउन उनी चुनावी अभियानमा सहभागी हुने भएका हुन्।

शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री तथा भाजपा नेतृ स्मृती इरानीले प्रधानमन्त्री मोदीको महाराष्ट्र भ्रमण र चुनावी प्रचारका बारेमा जानकारी दिएकी छन् ।

पार्टीका नेता कार्यकर्ताहरुलाई मार्गनिर्देश गर्न र उम्मेदवारहरूको पक्षमा आह्वान गर्न मोदी झण्डै एक हप्ता महाराष्ट्रमा रहने उनले बताइन ।

प्रधानमन्त्री मोदीले अक्टोबर १३ तारिखका दिन जाल्गौन र साकोलीमा आयोजना गरिने चुनावी र्‍यालीमा सहभागिता जनाउनेछन् ।

त्यसैगरी उनले अक्टोबर १६ तारिखका दिन अकोला, पन्भेल र पार्टुरमा आयोजना गरिने तीन कार्यक्रमलाई सम्वोधन गर्ने कार्यतालिका छ ।

उनका अनुसार अक्टोबर १७ तारिखमा भने मोदीले पुने, सतरा र वोर्लिमा हुने सार्वजनिक र्‍यालीमा सहभागिता जनाउनेछन् ।

त्यसैगरी अभियानको अन्तिम दिन अक्टोबर १८ तारिखमा प्रधानन्त्री मोदीले मुम्बईमा राहत तथा सहयोगका विभिन्न कार्यक्रमहरु पनि घोषणा गर्नेछ्न ।

भारतको महाराष्ट्र राज्यमा यही अक्टोबर २४ तारिखका दिन निर्वाचन तय भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : १० बजे

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।