‘नवजात शिशु सेवा’ कार्यक्रम शुरु | Khabarhub Khabarhub

‘नवजात शिशु सेवा’ कार्यक्रम शुरु


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश अस्पतालसहित मुलुकका आठ अस्पतालमा गुणस्तरीय नवजात शिशु सेवा कार्यक्रम शुरु भएको छ ।

प्रसूति सेवाको गुणस्तर सुधार गरी नवजात शिशु र आमाको जीवन बचाउन ‘ग्य्राण्ड च्यालेन्जेज क्यानडा’को सहयोगमा ‘गोल्डेन कम्युनिटी’ नामक संस्थाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमले नवजात शिशुको मुटुको धड्कन जाँचका लागि नियोबिट, भ्रुणको मुटुको धड्कनका लागि मोयो तथा सास फेर्न नसकेका नवजात शिशुलाई कृत्रिम श्वासप्रश्वास गराउन ब्याग–मास्क जस्ता उपकरण प्रयोग गरेर मातृ शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्य लिएको छ । संस्थाले प्रदेश अस्पताललाई ती सबै उपकरण हस्तान्तरण गर्नुका साथै प्रसूति वार्डका कर्मचारीलाई यससम्बन्धी प्रशिक्षण पनि दिएको छ ।

गोल्डेन कम्युनिटीका कार्यक्रम प्रबन्धक रेजिना गुरुङले मुलुकका आठ अस्पतालमध्ये सबैभन्दा पहिले कर्णाली प्रदेश अस्पतालबाट सेवा शुरु गरिएको बताए ।

उनका अनुसार कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, सेती अस्पताल र डडेल्धुरा अस्पतालमा समेत सेवा शुरु हुँदैछ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डम्बर खड्काले गुणस्तरीय नवजात शिशु सेवाको थालनीले कर्णालीको मातृ शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गरे । हाल कर्णालीमा वार्षिक शिशु मृत्युदर २९ रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : १७ बजे

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत