चीनमा नेपाली उत्पादनको प्रर्दशनी हुने | Khabarhub Khabarhub

चीनमा नेपाली उत्पादनको प्रर्दशनी हुने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको हाईनान प्रान्तमा हुने एकल देशीय मेलामा नेपालबाट साना तथा मझौला व्यवसायीहरुले सहभागीता जनाउने भएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी चीनको हाईनान प्रान्तमा हुने प्रर्दशनीमा आफ्ना उत्पादनका साथ सहभागी हुन सबै साना तथा मझौला व्यवसायीलाई आव्हान गरेको हो ।

महासंघका प्रथम उपाध्यक्ष इनु पौडेलले चीनको एक स्थानीय कम्पनी र महासंघबीचको साझेदारीमा हाईनान प्रान्तको व्यापारिक भवनमा नेपाली व्यवसायीले झण्डै ८० वटा स्टल राख्न पाउने व्यवस्था भएकाले आफ्ना उत्पादनसहित सहभागी भई बजारीकरणको सही सदुपयोग गर्न सबैलाई आव्हान गरिन् ।

चीनमा हुने अधिकांश मेलामा साना तथा मझौला व्यवसायीहरुको उत्पादनको प्रर्दशनी र बिक्री हुँदै आएको छ । यो मेला पछाडी हाईनान प्रान्तको व्यापारिक भवनमा नेपाली उद्योगीहरुका लागि कम्तीमा ५० वटा स्टल चीन सरकारले स्थायी रुपमा उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ०१ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार