मित्रराष्ट्रहरुसँग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौं– मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

मित्रराष्ट्रहरुसँग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौं– मन्त्री बाँस्कोटा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसंग व्यवहार गर्ने बताएका हुन् ।

चिनियाँ विदेशमन्त्रीसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इण्डोप्यासेफिकका बारेमा व्यक्त गरेको धारणा र त्यसबारे अमेरिकाले नेपाल सरकारको धारणा माग गरेको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पूर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पारेका हुन् ।

मन्त्री बाँस्कोटाले भने “इण्डोप्यासेफिकका बारेमा वा बिआईआरका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रहरुसंग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ र गर्दे आएका छौ । पूर्ववत मान्यतामा कुनै पनि विचलन आएको छैन र परिर्वतन आएको छैन ।”

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : १७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र