भाषासम्बन्धि सरकारी तथ्यांक सही छैन– गुरुङ | Khabarhub Khabarhub

भाषासम्बन्धि सरकारी तथ्यांक सही छैन– गुरुङ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले भाषासम्बन्धि सरकारी तथ्यांक सही नभएको दावी गरेका छन् ।

उपकुलपति गुरुङले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धि तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने बताए ।

बिहीबार केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गुरुङले भाषा शास्त्रीहरुले समेत भाषासम्बन्धि तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको बताए ।

उपकुलपति गुरुङले भाषा तथा जातजातिसम्बन्धि तथ्यांक निर्माण गर्दा समुदाय फरक भएपनि उनीहरुको भाषा एउटै हुने गरेकाले सोही अनुसारको तथ्यांक निर्माण गर्न केन्द्रिय तथ्यांक विभागको गम्भिर ध्यानाकर्षण गराए ।

केन्द्रिय तथ्यांक विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो । विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सो सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : २९ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम