'प्रेम संसार'को गीत सार्वजनिक | Khabarhub Khabarhub

‘प्रेम संसार’को गीत सार्वजनिक


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम संसार’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो । ‘सुनैना सुनैना’ बोलको गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

यस्तै गीतको भिडियोमा चलचित्रका कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ । गितको कोरियोग्राफी राम गौतमले गरेका हुन् ।

साथै चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतको अभिनय रहेको छ । चलचित्रलाई प्रेम बहादुर सुनारले लेखेका हुन् । चलचित्रमा लगानी पनि उनकै छ ।

यस्तै चलचित्रमा उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । यो चलचित्र मंसीर १३ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : २८ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका