सत्र विधेयक पारित गर्दै प्रदेश ३ को वर्षे अधिवेशन सम्पन्न | Khabarhub Khabarhub

सत्र विधेयक पारित गर्दै प्रदेश ३ को वर्षे अधिवेशन सम्पन्न


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा–सत्र विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । विहिवार प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो ।

वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिवेशनको बाँकी नौ विधेयकसमेत गरी कूल १७ विधेयक पारित भएको र हालसम्म प्रस्तुत ४५ विधेयकमध्ये सबै पारित भएर प्रदेश प्रमुखकोमा प्रमाणीकरणका लागि पठाइएकामा ३८ वटा विधेयक प्रमाणीकरण भएर आएको उनले बताए ।

सभामुख श्रेष्ठका अनुसार प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि र प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ समेत पारित गरेको थियो ।

अधिवेशनका क्रममा प्रदेशसभा अन्तर्गतका सबै विषयगत समितिले आ आफ्नो वार्षिक प्रतिवेदनसभामा पेश गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्धी खेती तथा मत्स्यपालन कार्यक्रमको स्थलगत प्रतिवेदन पेश गरेको, प्रदेशसभाले प्रदेशसभा दर्पण भाग दुई प्रकाशित गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ३ : ५२ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा