युवतीको भूमिकामा तयार हुँदा पसिनै पसिना भएका थिए आयुष्मान खुराना, भिडियो भाइरल | Khabarhub Khabarhub

युवतीको भूमिकामा तयार हुँदा पसिनै पसिना भएका थिए आयुष्मान खुराना, भिडियो भाइरल


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आयुष्मान खुराना र नुसरत भारुचाको फिल्म ‘ड्रिम गर्ल’ रिलिजको तयारीमा छ । ट्रेलर सार्वजनिक भएपछि फिल्मको खुबै चर्चा छ । आयुष्मानले यो फिल्मबाट पनि दर्शकको ध्यान तानेका छन् ।

आयुष्मानले यो फिल्ममा यस्तो भूमिका निभाएका छन्, जो केटी बनेर अरुसँग बोल्ने गर्छन् । उनी फिल्ममा युवतीको गेटअपमा पनि देखिएका छन् । तर उनलाई युवतीको भूमिका निभाउन त्यति सजिलो भने भएको थिएन ।

आयुष्मानकी को–एक्टर नुसरतले एक भिडियो शेयर गरेकी छिन्, जुन भिडियोमा आयुष्मानलाई युवतीको रुपमा सिंगारिएको छ । त्यतिबेला उनलाई कति गाह्रो भएको थियो भन्ने देख्न सकिन्छ ।

 

View this post on Instagram

 

Meet my #DreamGirl co-actor @ayushmannk… oops co-actress Aayushi ? #BTS #13KoMainTeri

A post shared by nushrat (@nushratbharucha) on

आयुष्मानले शेयर गरिएको भिडियोमा आयुष्मान लेहेंगा लगाउँदै गरेको देख्न सकिन्छ ।

पछिल्लो समय आयुष्मानले निभाएका भूमिकालाई दर्शकले खुबै मन पराएका छन् । आर्टिकल १५, बरेलीकी बर्फी, बधाई हो, अन्धाधून जस्ता फिल्मबाट झैँ यो फिल्मबाट पनि उनले तारिफ पाएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ०६ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।