लीलाले ल्याए 'बाँचेकै छु जसोतसो' | Khabarhub Khabarhub

लीलाले ल्याए ‘बाँचेकै छु जसोतसो’


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया रहेका लीला खतिवडाले ‘बाँचेकै छु जसोतसो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

विदेशको रोजगारीसँगै बाँकी रहेको समयमा साहित्यिक लेखनमा सक्रिय खतिवडाले परदेशमा पुगेपछिको प्रेमभावलाई समेटेर लेखेको गीत म्युजिक भिडियोका रुपमा सार्वजनिक गरेका हुन् ।

निर्मल दियालीले संगीत गरेको यो गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् । गीतमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर छ ।

माया, प्रेम, विछोडका भावनालाई जोडेर तयार पारिएको म्युजिक भिडियोमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपको अभिनय छ ।

कीर्तिपुरको चोभार, दरबार मार्गलगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ५७ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको