कसरी मनाइयो जम्मू कश्मीरमा बकर इद ? | Khabarhub Khabarhub

कसरी मनाइयो जम्मू कश्मीरमा बकर इद ?


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जम्मू कश्मीरलाई प्रदान गरेको विशेष राज्यको मान्यता खारेज गरेसँगै अपनाइएको उच्च सुरक्षा सतर्कताबीच जम्मु कश्मीरले बकर इद मनाइएको छ ।

बाक्लो सुरक्षा तैनाथीकाबीच कश्मीरमा रहेका मुस्लिम धर्मावालम्वीले इद मनाएका छन् । सुरक्षाकर्मीले एक्लै वा दुई जनासम्मलाई मस्जिद जान अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उच्च सुरक्षा सतर्कता अपनाइएका कारण त्यहाँ ठूलो सङ्ख्यामा मानिसहरुलाई एकै ठाउँमा भेला हुन दिइएको छैन ।

त्यस्तै, सानो सङ्ख्यामा मात्र मानिसहरुलाई मस्जिदमा प्रार्थाना गर्न दिइएका कारण धेरैजसो मानिसहरुले घरमै इद मनाएको बताइएको छ ।
त्यस्तै, त्यहाँ सञ्चार सेवा बन्द रहेका कारण त्यहाँको वास्तविक घटनाको यथार्थ जानकारी आउन सकेको छैन । तैपनि स्थानीय श्रोतलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार त्यहाँका सडक अझै पनि सुनसान छन् भने ठूलो सङ्ख्यामा मानिसहरुलाई एकै स्थानमा भेला हुन दिइएको छैन ।

भारत सरकारले राज्यका अधिकांश मस्जिद खुला रहेपनि सुरक्षा संवेदनशीलताका कारण केही मस्जिदहरु भने बन्द गरिएको जनाएको छ । त्यस्तै इदको प्रार्थाना पछि राज्यका केही मस्जिदमा भारतविरोधी नारा लगाइएको तर, अधिकांश प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।

केही दिनअघि बेलायती प्रसारण संस्था बीबीसीले कश्मीरमा सयौं मानिसहरुले सरकारविरोधी प्रदर्शन गरेको भिडियो सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ४९ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त