पदक विजेता खेलाडी सम्मानित | Khabarhub Khabarhub

पदक विजेता खेलाडी सम्मानित


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडी सम्मानित भएका छन् ।

सोमबार शारिरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले नगदसहित सम्मानित गरेका हुन् । खेलाडीलाई अध्यक्ष श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मानित गरेका हुन् ।

श्रेष्ठले स्वर्ण विजेतालाई जनही ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजार नगदले सम्मानित गरे । च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।

च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठ, नरेश मालाकार र मल्लिका शाक्यले स्वर्ण जितेका थिए । यस्तै रजत जित्नेमा कमल भण्डारी, रमेश कार्की,निशान्त प्रधान, राजु राई, प्रमोद राई, रजनी श्रेष्ठ र पुजा श्रेष्ठ रहेकी छिन् ।

त्यस्तै कृष्ण दास दिवाकर, प्रज्वल मान शाक्य, अशोक महर्जन, मिलन सिजापति, कृष्ण महर्जन र सुजिता मानन्धरले कास्य जितेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : १३ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ