अहिले पनि मलाई दर्शकले होस्टेलकै ‘जंगे’ भनेर चिन्नुहुन्छ: सलोन | Khabarhub Khabarhub

अहिले पनि मलाई दर्शकले होस्टेलकै ‘जंगे’ भनेर चिन्नुहुन्छ: सलोन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रायः सपोर्टिङ कलाकारको भूमिकामा देखिने सलोन बस्नेत फेरि एकपटक सहायक कलाकारकै भूमिकामार्फत दर्शकमाझ आउँदैछन् । चलचित्र ‘होस्टेल’ मा जंगे को भूमिकामा देखिएका सलोन त्यसपछि सहायक कलाकारकै भूमिकामा धेरै चलचित्रमा देखिए ।

सलोनको बुझाइमा अझै पनि दर्शकले चलचित्र ‘होस्टेल’ को क्यारेक्टरलाई भुलेका छैनन् । बरु यस्तै शैलीको अभिनय गरेका अन्य चलचित्र त्यही कारणले दर्शकले रचाइरहेका छन् ।

सलोनले आफूलाई अहिले पनि उस्तै खाले भूमिकाबाट अफर आउने र यसलाई सामान्य रुपमा लिएको बताउँछन् । दर्शकले पनि यस्तै भूमिकामा देख्न चाहेकाले सिनेमेकरले पनि यस्तै भूमिकामा अफर गर्ने गरेको उनको धारणाा छ ।

‘कति फिल्म चयनमा मेरो कमजोरी भयो होला तर अहिले पनि दर्शकले मलाई होस्टेलकै क्यारेक्टरमा हेर्न चाहनुभएको छ, त्यसैले होला निर्माताले पनि यस्तै भूमिका दिनुभएको छ,’ सलोन भन्छन्, ‘मलाई यसमा कुनै चिन्ता पनि छैन, शायद पछि परिवर्तन पनि आउँछ होला ।’

उनले अभिनय गरेको चलचित्र ‘हजार जुनीसम्म’ पनि प्रदर्शनका क्रममा छ । यो चलचित्रमा उनी सहायक कलाकारकै रुपमा छन् । सलोनले कहिल्यै पनि आफू मुख्य भूमिकामा अभिनय गर्छु भनेर कोशिश नगरेको बताउँछन् । ‘दर्शकले मलाई यस्तै भूमिकामा रुचाउनुभएको छ, यसमै खुशी छु,’ उनी सुनाउँछन् ।

त्यसो त सलोनले केही चलचित्रमा शीर्ष भूमिकामा पनि अभिनय गरेका थिए । ती चलचित्र व्यापारिक रुपमा सफल बन्न सकेनन् । सलोनलाई धेरै चलचित्रमा सपोर्टिङ कलाकारकै रुपमा स्पेस दिइएको हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : १० बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा