३ लाख ‘घुस’सहित वन अधिकृत पक्राउ, वडाध्यक्षका छोरा भन्छन्– पैसा मेरो हो | Khabarhub Khabarhub

३ लाख ‘घुस’सहित वन अधिकृत पक्राउ, वडाध्यक्षका छोरा भन्छन्– पैसा मेरो हो


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डोटीकाे बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । विभिन्न काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट लिएको ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित सहायक वन अधिकृत डिसी पक्राउ परेका हुन् ।

डिसीलाई ‘घुस’ रकम लिइसकेको अवस्थामा आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।

‘यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो,’ मल्लले रासससँग भनेका छन् ।

यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन भन्ने विषय खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गरेका छन् ।

उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रसाद तिवारीले सहायक वन अधिकृत डिसी यही साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : ५४ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ