कश्मीरमा पुनः कडिकडाउ, बन्द कोठामा नमाज पढ्नुपर्ने बाध्यता | Khabarhub Khabarhub

कश्मीरमा पुनः कडिकडाउ, बन्द कोठामा नमाज पढ्नुपर्ने बाध्यता


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज मुस्लिम धर्मावलम्बीको महत्वपूर्ण पर्व  ईद-उल-अज्हा अर्थात बकर इद । इद पर्वकै दिन भारतीय अधिकारीहरूले कश्मीरमा पुनः सुरक्षा कडिकडाउ गरेका छन्। भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगर पुनः पूर्ण बन्दको अवस्थामा छ।

गत दुई दिन यता खुकुलो पारिएको कर्फ्यु अज्ञात कारणले फेरि कडिकडाउ पारिएको छ। आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्। मुसलमान बहुल जम्मू-कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार थप फौज गस्तीमा छन्।

फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ। बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईद-उल-अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए।

जम्मू-कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारत प्रशासित कश्मीरको स्थितिमा परेको छ। सोमवार त्यहाँ इद पर्व छ र प्रशासनले कतिपय इलाकामा कर्फ्यु खुकुलो पारेको थियो।

आइतवार करिब १२ बजेसम्म सडकमा निकै आवतजावत रहेको खुकुलो पारिएको भएपनि त्यसपछि पुनः सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा बलले फेरि सडकमा ब्यारेकेड अवरोध खडा गर्न थाले र मानिसको चहलपहल घटेको छ ।

त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्रायस् बन्द छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन।

शुक्रवार श्रीनगरको सौरा क्षेत्रमा नमाज प्रार्थनापश्चात् विरोध प्रदर्शन भएको थियो । तर भारत सरकारले अवस्था नियन्त्रणमा रहेको र कतैपनि ठूलो विरोध प्रदर्शन नभएको बताएको छ।

ईद कसरी मनाउने ?

यस्तो वातावरणमा अब त्यहाँ ईद कसरी मनाउने भन्ने प्रश्न उब्जिएको छ।

अघिपछि ईदको नमाज त्यहाँको जामा मस्जिदमा पढिन्थ्यो। त्यसका अतिरिक्त ईदगाह वा ठूला मैदानमा पनि नमाज पढिन्थ्यो । अनन्तनाग, शोपियाँ, बाँदिपुरा, कुपवाडाजस्ता ठाउँमा ठूल्ठूला मैदानमा नमाज पढिन्थ्यो।

तर यसपालि सायद घरघरमै वा बस्तीभित्रै नमाज पढ्नुपर्ने बाध्यता देखिएको छ । बीबीसीबाट

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ५० बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका