विमानस्थलमा चिप्लिएको यती एयरलाइन्सको विमान हटाइयो, ८ घण्टापछि उडान सुचारु | Khabarhub Khabarhub

विमानस्थलमा चिप्लिएको यती एयरलाइन्सको विमान हटाइयो, ८ घण्टापछि उडान सुचारु


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान हटाएसँगै उडान सुचारु भएको छ ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विनाम चिप्लिएपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमान हटाएसँगै करिव ८ घण्टापछि विमानस्थल सुचारु भएको हाे ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध हुँदा काठमाडौं आउने जहाजलाई भारतका वनारस, कोलकाता, लखनऊ र दिल्लीमा अवतरण गराइएको थियो ।

त्यस्तै थाइल्याण्डको बैंकक र चीनको ल्हासामा पनि जहाज अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ७ : ४७ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित