‘हजार जुनीसम्म’ को गीतमा आर्यन र दीपाश्रीको ठुम्का (भिडियो) | Khabarhub Khabarhub

‘हजार जुनीसम्म’ को गीतमा आर्यन र दीपाश्रीको ठुम्का (भिडियो)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ मा समावेश गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा एकनारायण भण्डारीका शब्द छन् । लोकशैलीको गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रल्हाद तिमल्सिना र मीना निरौलाको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा आर्यन सिग्देल र शिवहरि पौडेलले दीपाश्री निरौलासँग रोमान्स गरेका छन् । यस्तै गीतमा स्वस्तिमा खड्का, अखिलेस प्रधान, उत्तम प्रधान लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । रोमान्टिक लाग्ने भिडियोमा दीपाश्री निरौलाले भट्टीवाली साहुनीको भूमिका निभाएकी छिन् ।

आउँदो भदौ ६ गतेलाई रिलिज मिति तय गरेको यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेस प्रधान, उत्तम प्रधान सलोन बस्नेत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा विशाल चाम्लिङले लेखेका हुन् भने सामीप्यराज तिमिल्सेना र निर्देशक आचार्यले फिल्मको पटकथा र संवाद तयार पारेका हुन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : ५४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको