मन्त्री लालबाबु पण्डित विरुद्ध नाराबाजी र हुलदंगा, अंगरक्षकले भीडबाट निकाले | Khabarhub Khabarhub

मन्त्री लालबाबु पण्डित विरुद्ध नाराबाजी र हुलदंगा, अंगरक्षकले भीडबाट निकाले


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पाण्डितमाथि सार्वजनिक कार्यकक्रममा दुव्र्यवहार भएको छ ।

शुक्रवार ललितपुरको जाउलाखेलमा आयोजित आदीवासी जनताजीको एक कार्यक्रममा सहभागी हुन गएका मन्त्री पण्डितमाथि आदिवासी जनजातिका युवा विद्यार्थीको एक समूहले कार्यक्रम स्थलमा पसेर नाराबाजी गरेको हो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद्को बैठकमा अध्यक्षता गर्न बोलाइएका मन्त्री पण्डित विरुद्ध युवाहरुले नाराबाजी गरेका थिए । बैठक बसिरहेको बेलामा कालो झण्डासहित पुगेका उनीहरुले मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए भने लोकसेवाको विज्ञापन खारेजीको माग गरेका थिए ।

वैठक स्थलमा होहल्ला बढेपछि मन्त्रीको सुरक्षामा खटिएका अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट बाहिर निकालेका थिए ।

मन्त्री पण्डितलाई आदिवासी  आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रविरोधी र आरक्षणविरोधी भन्दै उनीहरूले नाराबाजी गरेका थिए । मन्त्री बाहिरिएपछि पनि उनीहरुले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : ५६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको