कप्तान विलियमसनले गरे आफ्नो टिमको प्रशंसा | Khabarhub Khabarhub

कप्तान विलियमसनले गरे आफ्नो टिमको प्रशंसा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -आईसीसी विश्वकप क्रिकेटको फाइनमा पुगेको न्यूजिल्यान्डका कप्तान केन विलियमसनले आफ्नो टोलीका बलरहरुको प्रशंसा गरेका छन् । बुधबार भारतलाई सेमिफाइनलमा १८ रनले हराउदै फाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डका कप्तानले बलरले राम्रो गरेको बताएका छन् । यस्तै, उनले टिमका खेलाडीहरुले राम्रो खेलेको बताउँदै टिमको प्रशंसा समेत गरेका छन् ।

लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको न्यूजिल्यान्ड अब आइतबार लड्स क्रिकेट मैदानमा घरेलु टोली इंग्ल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि कप्तान विलियमसनले भने,‘म सम्मान गर्न चहान्छु । जुन तरिकाले खेलाडीहरुले मैदानमा मेहनत गरिरहे र मानसिक रुपमा आत्मविश्वासी भएर लागि रहे । बलिङमा हामीले शानदार शुरुवात गयौं । त्यसैबाट हामी अगाढि बढ्यौं । जसकारण हामी विपक्षीमाथि हावी हुन सक्यौं ।’

भारतविरुद्धको खेलमा खेलाडीहरुले राम्रो गर्दै उनीहरुमाथिको जुन विश्वास लिएको थियो त्यो पुरा गरेको उनले बताए ।

भारत बलियो टोली हो । त, उसका अग्रपंतीका चार ब्याट्सम्यान सस्तैमा आउट हुँदा पनि दबाब झेलेर राम्रो खेल्यो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : १३ बजे

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म