रहेनन् गोर्डन ब्याङ्क्स, जसले इग्ल्यान्डलाई विश्वकपको ट्रफी दिलाएका थिए | Khabarhub Khabarhub

रहेनन् गोर्डन ब्याङ्क्स, जसले इग्ल्यान्डलाई विश्वकपको ट्रफी दिलाएका थिए


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इग्ल्याण्डलाई ऐतिहासिक विश्व कप ट्रफी जिताउने गोलकिपर गोर्डन ब्याङ्क्सको निधन भएको छ । सन् १९६६ को विश्वकप इग्ल्यान्डलाई दिलाउन सफल ब्याङ्क्सको ८१ वर्षको उमेरमा निधन भएको हो ।

६ पटक फिफाको उत्कृष्ट गोलकिपरबाट सम्मानीत ब्याङ्क्सले इग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीबाट ७३ खेल खेलेका छन् । स्वर्गीय ब्याङक्सले सन् १९७० मा ब्राजिलविरुद्धको खेलमा पेलेको प्रहार बचाएपछि थप चर्चा भएको थियो ।

सेफिल्डमा जन्मिएका उनले १९७३ मा खेल जीवननबाट सन्यास घोषणा गर्नु अघि ब्याङ्क्सले स्टोक र लेस्टरसिटीलाई लिग कप जिताएको बीबीसीले जनाएको छ ।

“उनको मृत्युको समाचार सुनाउँदा दुखित छौं,” उनको परिवारिक स्रोतलाई अद्धीत गर्दै बीबीसीले लेखेको छ,“उनी हामीसामू नहूँदा निकै ठूलो क्षति भएको छ । तर, उनको योगदानले हामीलाई सधैँ याद दिलाइ रहनेछन् ।”

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र