धमिलो पानीमा माछा मार्ने काम हुँदैछ, सचेत बनौं : गृहमन्त्री थापा | Khabarhub Khabarhub

धमिलो पानीमा माछा मार्ने काम हुँदैछ, सचेत बनौं : गृहमन्त्री थापा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि संञ्चालन भइरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भईरहेको भन्दै त्यस तर्फ सचेत हुन प्रहरी संगठनलाई निर्देशन दिए ।

उनले संविधानको मर्म विपरित र मुलुकलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सैह्य नहुने भन्दै राजनीतिका नाममा हुने अपराधका अतिरञ्जित प्रवृत्ति रोकिनुपर्ने बताए । उनले प्रहरी संगठन भित्र राजनीतिक प्रभाव नरहेको दाबी गरे । नीतिगत रुपमा गरिने निर्णय बाहेक कार्यगत तहमा र पेशागत रुपमा कानूनको सर्वोच्चतामा नै प्रहरी संठन क्रियाशिल हुन पाउनुपर्ने उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधि र खस्कदो सामाजिक मुल्यमान्यताका बीच अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने काम आफैमा चुनौतीपूर्ण रहेपनि प्राप्त ज्ञानको अधिकतम प्रयोग गरि कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । उनले प्रहरी संगठनप्रति जनताको विश्वास अभिवृद्धि गर्न नागरिकका अपेक्षा बमोजिम सेवा प्रधान गर्नुपर्ने आवश्यकता औल्याए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : १२ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा