मुस्ताङ म्याक्सपछि स्वदेशमै विद्युतीय गाडी उत्पादन गर्दै हुलास | Khabarhub Khabarhub

मुस्ताङ म्याक्सपछि स्वदेशमै विद्युतीय गाडी उत्पादन गर्दै हुलास


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको मोटर उत्पादन कम्पनी हुलास मोर्टसले स्वदेशमै विद्युतीय कार उत्पादन गर्ने भएको छ ।

उक्त विद्युतीय कार निमार्णको लागी हुलासले लामो समयदेखि आफनो विराटनगरस्थित मोटर उत्पादन प्लान्टमा काम गरिरहेको छ । हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द दासले उक्त कार निर्माणको लागी विगतको ३ वर्षदेखि काम भइरहको बताए ।

‘लामो समय भयो हामीले स्वदेशी विद्युतीय गाडी उत्पादन गर्ने प्रोजेक्टमा काम थालेका छौं,’ उनले भने, विभिन्न देशमा गएर म आफैंले कार कसरी बन्छ हेर्दै त्यसैअनुसार काम भइरहेको छ । अब धेरै कुर्नु पर्दैन, हामी निर्माण कार्यको अन्तिम चरणमा छौं ।’केही टेस्ट र फनिसिङको काम मात्र बाँकी रहेको उनले बताए ।

दासले अबको ६ महिना भित्र गाडि लञ्च गर्नेगरी निर्माण कार्य अघि बढीरहेको जानकारी दिए ।

हुलासले बनाउन लागेको उक्त कार नेपालमा उत्पादन हुने भएतापनि निर्माणका लागी चाहिने सबै कच्चा पदार्थहरु भने विदेशवाट आयत हुने भएको छ । कारको बडी बनाउने फाईबर, ब्याट्रिदेखि टायरसम्म सबै विदेशवाट आयत गरिनु पर्ने बाध्यता रहेको कम्पनी बताउँछ ।

दास भन्छन् ‘टायरसम्म चै नेपाली ब्राण्डकै हाल्ने मन थियो ‘‘गौरबशाली गोरखकाली टायर’’, त्योपनि साइजको पाइएन अन्ततः विदेशबाटै महगाउनु पर्ने अवस्था छ ।’ नेपालमा कार बनाउन चाहिने कच्चा पदार्थ तथा पार्टस्हरु नेपालमा नपाइने÷नबाईने हुदा विदेशवाटै आयत गर्नुपर्ने बाध्यता रहेको कम्पनीको भनाइ छ ।

हाल कम्पनीको ध्यान गाडीको इन्जीन लगाएतका भित्री चिज बनाउनभन्दा पनि बाहिरी स्ट्रकचर बनाउनतिर केन्द्रित रहेको छ । विदेशवाट आयतित हुने प्राय गाडीहरु नेपालको सडकमैत्री नहुने भएकाले स्वदेशकै सडक र वातावरणसँग मेल खादो स्टक्चर बनाउनतर्फ कम्पनी अग्रसर भएको हो ।

उक्त निर्माणाधिन विद्युतीय गाडी ५ सिटे सक्षमताको हुने र फुल चार्ज गर्दा १६० कि.मी सम्म गुड्न सक्ने क्षमता भएको हुने दास बताउँछन् । उनले भने ‘गाडीको क्षमता भएन भनि मज्जा हुँदैन, ५ जना सवारी हुँदा पनि २०० कि.मी प्रति घण्टा कुद्न सक्नुपर्यो त्यही अनुसार कार बन्दैछ ।’

उक्त विद्युतीय कारको मूल्य १५ देखि २० लाखसम्म पर्नसक्ने कम्पनीले प्रारम्भीक अनुमान गरेको छ । हाल हुलास मोटर्सले विद्युतीय रिक्सा र कार्गो भ्यान उत्पादन गरिरहेको छ ।

सोही कम्पनीले बुहुचर्चित मुस्ताङ म्याक्स गाडी समेत विगतमा उत्पादन गर्दै आएको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टर्राइले स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने भन्दै मुस्ताङम्याक्स गाडी चढी चर्चामा आएका थिए ।

केहि वर्षअघि सरकारले युरो ३ इन्जिन आयत गर्न रोक लगाएपछि मुस्ताङम्याक्सको उत्पादन बन्द भएको कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ०९ बजे

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न