गोरखामा डा. बाबुरामको पार्टीमा भुइचालो, केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश | Khabarhub Khabarhub

गोरखामा डा. बाबुरामको पार्टीमा भुइचालो, केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेसँगै नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले धमाधम पार्टी छोड्न थालेका छन् ।

गत साता दुई पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपनि त्यसमा असन्तुष्टि जनाउँदै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका धेरै नेता कार्यकर्ताले पार्टी छोडेका छन् ।

यसैबीच पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हुँदै गएको पार्टी परित्याग गर्नु परेको उनीहरुको भनाइ छ ।

पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा प्रकाश कुँवर, जङ्ग गुरुङ, नारान पुलामी, नरेश बराम, अमर गुरुङ, लेसन तामाङ, राजकुमार गुरुङलगायत रहेको नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए ।

त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशीलका अशोक गुरुङ, अनुप गुरुङ, बिकल गुरुङ, राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तामा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत नयाँशक्ति पार्टी छोडेर नेकपामा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागतगरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ४७ बजे

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव