बुवाको हत्या गरेर फरार भएका इन्द्र ९ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

बुवाको हत्या गरेर फरार भएका इन्द्र ९ वर्षपछि पक्राउ


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आफ्नै बुवाको हत्या गरेर फरार भएका एक व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–२ (साविक गोकुले गाविस–४) का ३८ वर्षी इन्द्र बहादुर मोक्तान छन् ।

प्रहरीका अनुसार मोक्तानले १ असार २०६७ मा आफ्नै बुवा दीर्घ बहादुर घलेलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।

हत्या गरेको समयदेखि नै फरार रहेका मोक्तानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो ।

मोक्तानलाई शुक्रबार साँझ ललितपुरको सानेपाबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
सिआईबीले पक्राउ परेका मोक्तानलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ३९ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी