हाइटीबाट नेपाली सुरक्षा टोली नेपाल फर्कंदै | Khabarhub Khabarhub

हाइटीबाट नेपाली सुरक्षा टोली नेपाल फर्कंदै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ । द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवर्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली आगामी वैशाख १८ गतेपछि स्वदेश फर्कन लागेको हो ।

गत चैतमा उक्त मिशनको ‘नेपाल फम्ड पुलिस युनिट’ को नेतृत्व सम्हालेका नेपाली सुरक्षाकर्मीलाई बिदाइ गर्नुअघि मिनुष्टाका प्रवक्ता सोफी बौटौड डेला कोम्बेले उनीहरूका साथ आज साँझ नेपाली सञ्चारकर्मीसँग राजधानी पोर्ट आँ प्रिन्सबाट गरेको ‘भिडियो कन्फ्रेन्स’मा नेपाली सुरक्षाकर्मीका कारण हाइटीको राष्ट्रिय प्रहरी अब त्यहाँ शान्ति सुव्यवस्था कायम गर्न सक्षम भएको बताए  ।

उनलेआगामी कात्तिकमा बन्द हुने उक्त मिशनमा रहेर नेपाली सुरक्षा टोलीले हाइटीको राष्ट्रिय प्रहरीसँग संयुक्त कारवाही तथा सुरक्षा अभ्यास, संयुक्त गस्ती, रणनीतिक सुरक्षा, मानवीय उद्धार तथा विशिष्ट व्यक्तिको सुरक्षा, दैवी विपत्तिका बेला उद्धार, हिंसात्मक आन्दोलन एवं भीड नियन्त्रणका सीप सिकाएर उनीहरूको क्षमता अभिवृद्धि गरिएको बताए ।

ग्रामीण क्षेत्रका समुदायसँगको निरन्तर संवाद तथा विपत्तिका बेला मानवीय सहयोग, उद्धार र राहत सामग्री वितरणमा प्रस्तुत व्यावसायिकताबाट हाइटीका बासिन्दाले नेपालीलाई नबिर्सने प्रवक्ता डेला कोम्बेले बताए । उक्त एकाइका प्रमुख सुशीलकुमार यादव, कार्य आयुक्त नरेशराज सुवेदी र चिकित्साकर्मी विजया देउजाले सुरक्षा परिषद्को जनादेशअनुसार आफूृहरूले काम गरेको र हाइटीका नागरिकले नेपाली टोलीलाई व्यावसायिक एवं दक्ष सुरक्षाकर्मीको दर्जा दिएको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : १५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको