बालबालिकाको आँखामा गाजल- बन्न सक्छ खतरा | Khabarhub Khabarhub

बालबालिकाको आँखामा गाजल- बन्न सक्छ खतरा


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा नवजात शिशुको आँखामा गाजल लगाउने पुरानो प्रचलन रहेको छ । बालबालिकाको आँखामा लगाइएको गाजलले उनीहरुलाई निकै आकर्षक देखिन्छ ।

आँखा राम्रो देखाउनका लागि मात्र नभएर स्वस्थ राख्न गाजल लगाउनु पर्ने पुरानो मान्यता छ तर यो वास्तविक हो त ?

गाजल लगाइदिने आमाहरुको तर्क हुन्छ, बालबालिका राम्रा देखिन्छन् । गाजलले आँखाको ज्योति राम्रो हुन्छ, त्यस्तै बालबालिकामाथि अरुले आँखा नलगाउन् भन्नका लागि गाजल लगाउने गरिएको छ ।

लगाउन हुन्छ ?

शिशुको आँखा उसको शरीरको सबैभन्दा सम्बेदनशील अंग हो । बालबालिकाले ठूला मानिस जस्तो आफ्नो आँखाको हेरचाह गर्न सक्दैनन् । र आँखामा आएको समस्या बताउन पनि सक्दैनन् ।

आँखामा गाजल लगाउनु त्यति सुरक्षित मानिँदैन तर नेपालमा यसको व्यापक रुपमा प्रयोग हुने गरेको छ । बालबालिका र युवतीहरुले यसको प्रयोग गर्ने गरेका छन् । बालबालिकामा गाजल लगाइदिँदा उनीहरुलाई यसले पीडा दिन सक्छ ।

घरमा बनाइएको गाजल लगाउँदा सुरक्षित हुन्छ भन्ने सोच्ने गर्नु भएको छ भने त्यो पनि सही नहुन सक्छ । किनकी गाजल लगाउँदा त्यसले बालबालिकामा इन्फेक्सन हुन सक्छ । बालबालिकाले आँखामा लगाइएको गाजललाई हातले चलाउने गर्छन् र हातमा पनि इन्फेक्सन हुन सुक्छ ।

बजारमा पाइने गरेको गाजलमा लिड(सीसा) को प्रयोग अत्याधिक हुने गरेको छ । लिडको आँखामा प्रयोग निकै हानिकारक हुन्छ ।

गाजलमा मुख्य रुपमा एमार्फसे, कार्बोन, जिंकेट, म्याग्नेटाइट तथा माइनिमम पाइन्छ । जब शिशुको आँखामा लामो समयसम्म गाजलको प्रयोग हुन्छ तव यसले ठूलो असर गर्छ ।

गाजलमा हुने यी तत्वले शिशुको दिमागमा नराम्रो असर पर्छ र शिशुलाई बोनम्यारो हुने खतरा हुन्छ ।

गाजलबाट भएको संक्रमणका कारण आँखामा पानी आउने समस्या उत्पन्न हुन सक्छ । आँखामा हुने कार्निया धूलो, माटो र फोहरप्रति निकै सम्वेदनशील हुन्छ ।

त्यसैले गाजल लगाउनु अघि एकपटक विचार गर्नुहोला, लगाउँदा राम्रो देखिएपनि यसबाट हुने असरले कतै तपाईको बालबालिकामा आँखाको समस्या त आउँदैन ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ४९ बजे

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन