व्यवसायीमाथि बम बर्साउनेलाई सरकारको 'एक्सन' – प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

व्यवसायीमाथि बम बर्साउनेलाई सरकारको ‘एक्सन’ – प्रधानमन्त्री ओली


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी शैलीमा बम पड्काएर व्यवसायीलाई त्रसित पार्ने विरुद्ध सरकारले एक्सन लिने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका वैदेशिक रोजगार व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले केटा केटीले लुकामारी खेले जस्तो गरि व्यवसायीलाई धम्काउन, तर्साउने र बम पडकाएर त्रसित बनाउने छुट कसैलाई नभएको र त्यस्तो क्रियाकलाप गर्नेहरुलाई कारवाही गर्ने बताएको छलफलमा सहभागी वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले बताए ।

ढकालले भने, ‘व्यवसायीमाथि भएको आक्रमण प्रति सरकार गम्भीर छ । ढुक्क भएर व्यवसाय चलाउनुस् भनेर प्रधानमन्त्रीले भन्नु भएको छ ।’
राजनीतिक पार्टीका नाममा विध्वंस मच्चाउनेलाई सरकारले खोजी गरिरहेको प्रधानमन्त्रीले बताएका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठनले गत शुक्रवार राति वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराएर क्षति पुर्‍याएपछि वैदेशिक रोजगार व्यवसायीहरु त्रसित बनेका छन् । उनीहरु व्यवसायको सुरक्षाको माग गर्दैं प्रधानमन्त्री निवास पुगेका हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ३६ बजे

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित  

काठमाडौं– गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी