दाङ पुगेकी नेकपा नेतृ चौधरी बेहोस | Khabarhub Khabarhub

दाङ पुगेकी नेकपा नेतृ चौधरी बेहोस


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन् । दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि अस्पताल भर्ना गरिएकाे छ ।

उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश भएकी चाैधरी अहिले भने होशमा आएकी स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

बिहान करीब १० बजेतिर बेहोश भएकी चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होश खुलेको हो । चिकित्सकले उनको अवस्था सामान्य रहेको भनी जानकारी दिएको स्वकीय सचिव दहितले बताए । चौधरीकाे अहिले प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको चिकित्कले जनाएका छन् ।  चौधरी यसअघि पनि संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा बेहोश भएकी थिइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ३ : २८ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी