नयाँ विघुतीय गाडी ‘एसयूभी एमजी जेडएस इभी’ सार्वजनिक | Khabarhub Khabarhub

नयाँ विघुतीय गाडी ‘एसयूभी एमजी जेडएस इभी’ सार्वजनिक


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ विद्युतीय गाडी ‘एसयूभी एमजी जेडएस इभी’ सार्वजनिक भएको छ । एमजीको नेपालमा आधिकारिक बिक्रेता, अधिकृत वितरक तथा आयातक मारामाउन्ट मोर्टस पा.लि.ले नयाँ विघुतिय ब्राण्डको नयाँ उत्पादन “एमयुजभी एमजी जेडएस इभी” नेपाली बजारमा भित्र्याएको छ ।

पाराउन्ट मोर्टस प्रालिका जनरल म्यानेजर सचिन अर्यालका अनुसार नयाँ विघुतीय एसयूभी एमजी जेडएस इभी नेपालका लागि आधिकारीक रुपमा सावजनिक भएको छ ।

विघुतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५ एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयनले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ । यसको ब्याट्रि लाइफमा ८ बर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ ।

यो विघुतीय गाडीको मूल्य ४९ लाख ९९ हजार छ । एमजी, मोरिज ग्यारेज ९६ बर्ष पुरानो ब्रिटिस ब्रान्ड हो । युरोप, नेदरल्याण्ड नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिलि, अस्ट्रेलिया, न्युजील्याण्ड र नेपालमा यसको उच्च माग छ ।

एमजीका उत्पादनहरु विश्वका ६० भन्दा बढि देशहरुमा ब्रिक्री हुदै आइरहेको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : ०५ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान