बेलायतमा आमचुनावको मतदान आज, परिणाम भोलि आउने | Khabarhub Khabarhub

बेलायतमा आमचुनावको मतदान आज, परिणाम भोलि आउने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा आज (बिहीबार) आम चुनावको मतदान हुँदैछ ।

इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि आज मतदाताले मत दिने छन् । यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो। त्यहाँ १ सय वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान हुन लागेको हो।

जीएमटी ७:०० बजे (नेपाली समायानुसार मध्याह्न १२:४५ बजे) मतदान सुरु हुनेछ। राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना शुरु हुने बीबीसीले उल्लेख गरेको छ।

शुक्रवार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ। सामान्यतया ब्रिटेनमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुनेगर्छ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ९ : २२ बजे

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र