उपनिर्वाचनमा कांग्रेसका सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन | Khabarhub Khabarhub

उपनिर्वाचनमा कांग्रेसका सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेस कास्कीले क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्ष्य गरी सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन गरेको छ ।

पार्टीले जिल्लामा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, तरुण दल, शिक्षक सङ्घ, नेपाल ट्रेडयुनियन कांग्रेस, दलित सङ्घ, किसान सङ्घ, जनजाति सङ्घ, भूपू कर्मचारी सङ्घलगायतका सबैलाई चुनावमा खटाएको चुनाव प्रचारप्रसार मूलसमितिका संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

पार्टीको जिम्मेवारीसँगै भ्रातृ तथा शुभेच्छुक सङ्गठनले आ –आफ्ना सङ्गठनका नेता तथा कार्यकर्तालाई परिचालन गरिसकेको नेपाल महिला सङ्घका सभापति कोपिला रानाभाटले बताइन् ।

भ्रातृ तथा शुभेच्छुक सङ्गठनका प्रमुखले आ–आफ्ना नेता कार्यकर्तालाई सबै मतदाता समक्ष एक पटक अनिवार्य भेट्न निर्देशन दिएको उनले जानकारी दिइन् ।

कांग्रेस जस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा), समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले पार्टीअन्तर्गतका भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई परिचालन गरी चुनावी अभियान तीव्र बनाएका छन् ।

दलहरूले निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई सोमबार पनि जारी राखेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : १६ बजे

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र