दुई साताभित्र नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने | Khabarhub Khabarhub

दुई साताभित्र नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत सीमा विवाद बढ्दै गएपछि दुई मुलुकबीच सचिवस्तरीय बैठक हुने भएको छ ।

सीमा विवादका कारण नेपालमा भारत विरोधी गतिविधिले तीव्रता पाएसँगै भारत सचिवस्तरीय बैठक गर्न सहमत भएको स्रोतले बतायो ।

दुई मुलुकका परराष्ट्र सचिवस्तरीय बैठक आगामी दुई साताभित्र हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । यो विषयमा आइतबार कुटनीतिक च्यानलबाट अनौपचारिक छलफल भएको हो ।

बैठकको मिति तय गर्ने विषयमा औपचारिक छलफलको तयारी भइरहेको स्रोतको भनाइ छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग भेट गरी वार्ताको पहल गरेको परराष्ट्रका अधिकारीले बताएका छन् ।

काठमाडौंमा २०७१ साउनमा भएको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले परराष्ट्रसचिवस्तरमा सीमा विवाद सल्टाउन भन्दै जिम्मेवारी तोकेको थियो ।

त्यसपछि त्यो स्तरमा सीमाका विषयमा छलफल हुन सकेको छैन ।

यस्तै, सीमाका विषयमा सीमा सुरक्षा हेर्दै आएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंमा द्विपक्षीय छलफल हुने पनि जनाइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ३ : ३८ बजे

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित