लामो दारीमा देखिए आमिर खान | Khabarhub Khabarhub

लामो दारीमा देखिए आमिर खान


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आमिर खान र करीना कपूर स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ बलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो । हालै उक्त फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ ।

उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा छाएको तस्वीरमा आमिर खान लाल सिंह चड्ढाको भेषमा देखिएका छन् । सरदार लूकमा देखिएका आमिरलाई चिन्न पनि मुस्किल पर्छ ।

यो फिल्मको चन्डीगढमा शूटिङ चलिरहेको छ ।

साथै शूटिङ सेटबाट करीना कपूरको फस्ट लूक पनि सार्वजनिक भएको छ । करीना फिल्ममा कुर्ता सुरुवालमा देखिएकी छिन् । यसअघि करीना र आमिरले थ्री इडियट्स र तलास मा काम गरिसकेका छन् । दुवै फिल्ममा आमिर र करीनाको केमेष्ट्री दर्शकले रुचाएका थिए ।

‘लाल सिंह चड्ढा’ मार्फत आमिर दुई वर्षपछि फिल्म उद्योगमा फर्कनेछन् । उनको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ सन् २०१८ मा रिलिज भएको थियो । अब उनको फिल्म सन् २०२० मा रिलिज हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : २२ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण