‘हाउसफूल ४’ को कमाइ कति ? | Khabarhub Khabarhub

‘हाउसफूल ४’ को कमाइ कति ?


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फरहाद सामजीको निर्देशनमा बनेको फिल्म ‘हाउसफूल ४’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले हालै रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई पनि टक्कर दिएको छ ।

‘हाउसफूल ४’ मा अक्षय कुमार, कृति सेनन, कृति खरबन्दा, रितेश देशमुख, बबी देओल, पूजा हेगडे लगायतका कलाकारको शीर्ष अभिनय छ ।

यो फिल्मले पहिलो हप्ता १३५ करोड ८६ लाख कमाइ गरेको थियो भने दोस्रो हप्ता ४८ करोड ७५ लाख कमाएको थियो ।

फिल्मले अहिलेसम्म १ सय ८९ करोड ३६ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

अक्षय कुमारको यो कमेडी फिल्मले खराब समीक्षा पाए पनि व्यापार भने गज्जबको गरेको छ । हाउसफूल सिरिजमध्ये यो सिरिज कमाइका हिसाबले अगाडि छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : २० बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका