सीमा अतिक्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग संसदीय समितिले आज छलफल गर्दै | Khabarhub Khabarhub

सीमा अतिक्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग संसदीय समितिले आज छलफल गर्दै


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज छलफल गर्दैछन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको बैठकमा छलफलका लागि बोलाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले सीमा अतिक्रमण र भारतीय नक्साका विषयमा शनिवार सर्वपक्षीय छलफलको आयोजना गरेका थिए । उक्त छलफलमा सहभागी पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कुटनीतिज्ञले कालापानी नेपालको भएको र भारतसँग देखिएको सीमा विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरि प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सीमाका विषयमा छलफल गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज समिति बैठकमा बोलाएको छ।

आज ११:३०बजे बस्ने बैठकमा कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेक विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गर्ने यो समितिको कार्यसूची रहेको छ । परराष्ट मन्त्रालयले सीमाका बिषयमा अडान राख्दै विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : ३७ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार