चाहरको ह्याट्रिक विकेटमा भारतले जित्यो सिरिज | Khabarhub Khabarhub

चाहरको ह्याट्रिक विकेटमा भारतले जित्यो सिरिज


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ ।

आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा मध्यम बलर दीपक चाहरले ट्वान्टी-२० क्रिकेटकै उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक विकेट लिएपछि भारतले ३० रनले जितेको हो ।

भारतले सिरिजमा २-१ ले कब्जा जमाएको हो । भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ४४ रनमा समेटियो ।

बंगलादेशको लागि मोहमद नाइमले ८१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद मिथुनले २७ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्न भारतका दिपक चाहरले ह्याट्रिकसहित ६ विकेट लिए । १७ ओभर अन्तिम बल र १९ ओभरको सुरुवाती २ बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका चाहरले मात्र ७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

चाहरको यो बलिङ प्रदर्शन टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट कै उत्कृष्ट बलिङ फिगर हो । यस्तै शिभम डुबेले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । भारतको लागि श्रेयर आयर र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । आयरले ६२ तथा राहुलले ५२ रन बनाए ।

यस्तै मनिष पाण्डेले अविजित २२ तथा शिखर धवनले १९ रन बनाए । कप्तान रोहित शर्मा २ रनमा आउट भए । बंगलादेशका इमुनुल इस्लाम र सौम्य सरकारले समान २/२ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो टी-ट्वान्टी बंगलादेशले ७ विकेटले जितेको थियो । दोस्रो खेलमा भने भारतले ८ विकेटको जित निकालेको थियो । अब दुई टोलीले दुई खेलको टेष्ट सिरिज खेल्ने छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : १० बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु