चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताए ।

उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त भएको छ भन्दै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ यो सरकारमा निर्भर रहने धारणा राखे ।

उनले काठमाडौँबाट केरुङसम्म चल्ने रेलबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिने तर्क गर्दै संसारका दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिए ।

तीब्र गतिमा विकसित भइरहेका यी देशहरुबाट नेपालले शिक्षा लिनुपर्ने तर्क गर्दै उपसभापति गच्छदारले नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अरू कुनै प्रणाली स्वीकार नगर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : ०४ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका