चिनियाँ राष्ट्रपति सी भारतमा– ४० मिनेट मोदीसँग एक्लै वार्ता गर्ने | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सी भारतमा– ४० मिनेट मोदीसँग एक्लै वार्ता गर्ने


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनौपचारिक भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नेइ पुगेका छन् ।

स्थानीय समयाअनुसार दिउँसो २ बजे चेन्नेइ पुगेका राष्ट्रपति सी शनिबार दिउँसोसम्म (करिब ६० घण्टा) त्यहाँ रहनेछन् ।

अनौपचारिक भ्रमणअन्तर्गत भारत पुगेका चिनियाँ राष्ट्रपति सीले तामिलनाडूको ऐतिहासिक शहर महाबलीपुरम (मामल्लपुर)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै (वानटुवान) वार्ता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सी र मोदीको भेटवार्ताका क्रममा दुई देशका सम्बन्ध, हिन्द–प्रशान्त क्षेत्र, सीमा विवाद, आतंकवाद, व्यापार असन्तुलनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  २ : ५६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र