नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो | Khabarhub Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानमा ५ राष्ट्र सम्मिलित टी ट्वान्टी क्रिकेट सिरिज खेलेर टोली शुक्रवार विहान स्वदेश फकिएको हो ।

स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पारस खड्काले सिरिजमा राम्रो नतिजा ल्याउन सकिने भएपनि चुकेको बताए । उनले युवा खेलाडीलाई टोलीमा अवसर दिने प्रयास गरेको बताए ।

टी ट्वान्टी सिरिजमा नेपालले तस्रो स्थान हात पारेको थियो । नेदरल्याण्ड र हंङकङलाई पराजित गरेको नेपाल ओमान र आयरल्याण्डसँग हारेको थियो ।

ओमान जानु अघि नेपाली टोलीले सिंगापुरमा त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले जिम्बाबेसँग खेलिएका दुबै खेल गुमाएको थियो ।

त्यस्तै सिंगापुरलाई एउटा खेलमा नेपालले हराएको थियो भने अर्को खेल वर्षाले रद्द भएको थियो । सिंगापुरको सिरिज समाप्तिसँगै टोली ओमान प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ४४ बजे

सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा