नेपालमा मनसुनी गतिविधि निस्क्रिय हुँदै, आज मौसम सफा रहने | Khabarhub Khabarhub

नेपालमा मनसुनी गतिविधि निस्क्रिय हुँदै, आज मौसम सफा रहने


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट मनसुन क्रमस: बिदा हुने तयारीमा पुगेको छ । मनसुनी गतिविध निस्क्रिय हुँदै गएका कारण आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा ब‌ंगलादेश तथा आसपासमा रहेकाले सामान्य बदली भएपनि अब मौसम सफा रहने मौसमविद प्रतिमा मानन्धरले जानकारी दिइन ।

मौसमविद् मानन्धरले अब २/४ दिनमै नेपालबाट मनसुन बिदा हुने भन्दै योबीचमा कहिँकतै सामान्य पानी परेपनि ठूलो वर्षा हुने सम्भावना भने नरहेको बताइन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

असोज २४ गते (शुक्रबार)

दिउँसो: देशको पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंसिक बदलि रहि पहाडी भेगको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।

राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बांकि भू-भागमा मौसम सामान्यया सफा रहनेछ ।

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २६ गते (आइतबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहि बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रहने र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ४४ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको