प्रदेश सरकारको सहयोगमा होमस्टे स्थापना | Khabarhub Khabarhub

प्रदेश सरकारको सहयोगमा होमस्टे स्थापना


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ ।

गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो ।

यसका लागि गण्डकी प्रदेश सरकारले १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का वडाध्यक्ष टेकनारायण महतोले बताए । प्रदेश सरकारको लागतमा सांस्कृतिक भवन निर्माण गरिएको छ । तेह्र वटा घरमा स्थापना गरिएको घरबासमा १०४ जनासम्म एकैपटक बस्नसक्ने वडाध्यक्ष महतोले बताए ।

चिलाहा रतौल सामुदायिक ग्रामीण घरबासका रुपमा थारु समुदायले घरबास स्थापना गरेका हुन् । मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरबास स्थापना गरिएको उनले बताए ।

घरबासका माध्यमबाट यस क्षेत्रका समुदायको आर्थिक विकासमा सहयोग पुग्ने वडा अध्यक्ष महतोले बताए। घरबासमा मुख्य गरेर थारु परिकार, थारु नृत्यका साथै थारु संस्कृति प्रमुख आकर्षण रहने उनले बताए । घरबासमा आउने पाहुनाले जङ्गल सफारी, डुङ्गा सयरको आनन्द लिन पाउने वडाध्यक्ष महतोले बताए ।

घरबासको यही असोज ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । योसँगै नवलपुरमा सञ्चालित घरबासको सङ्ख्या सात पुग्ने भएको छ ।

यसअघि नवलपुरको अमलटारी, पिप्रहर, ल्हापे, पोखरी, डेढगाउँ, बघुवनमा घरबास सञ्चालन भइसकेका छन् । कावासोतीमा नै थप दुई वटा घरबास सञ्चालनको तयारी गरिएको छ ।

लामिचौर, अमलटारी घरबास सञ्चालनका लागि पूर्वाधार निर्माणको काम चलिरहेको छ । मध्यबिन्दुको रतनपुर, सेहरीमा समेत घरबास सञ्चालनको तयारी गरिएको छ । यहाँ रहेका घरबासमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् ।

जिल्ला सञ्चालित घरबास विभिन्न समुदायका रहेका छन् । थारु, मगर, गुरुङ र दराई समुदायद्वारा सञ्चालित घरबासमा समुदायअनुसारका संस्कृति प्रदर्शनी, रहनसहन, सोही समुदायका खानाका परिकार पर्यटकका लागि आकर्षक हुने गर्दछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : १३ बजे

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर