१०७ वटी श्रीमतीका पति बेल्लोको अर्को बिहे गर्ने चाहाना ! | Khabarhub Khabarhub

१०७ वटी श्रीमतीका पति बेल्लोको अर्को बिहे गर्ने चाहाना !


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुका चाहना पनि अनेक हुन्छन् । अधिकांश मुलुकमा एउटा भन्दा बढी विवाह गर्दा बहुविवाहको मुद्दा बेहोर्नुपर्छ ।

तर, नाइजेरियाका एक व्यक्तिलाई भने १०७ वटा श्रीमती हुँदा पनि अझै विवाह गर्ने चाहना मरेको छैन । १०७ वटा श्रीमतीका पति हुन मोहम्मद बेल्लो अबबुकर ।

त्यसो त बेल्लो अबबुकर नाइजेरियनका विवादित पुरुष हुन् । उनको उमेर ९३ वर्ष भएको छ । उनका श्रीमती मात्रै १०७ वटी छन् भने बच्चा १८५ जना छन् ।

यसका बावजूद मोहम्मद बेल्लोले अर्को बिहे गर्ने चाहना राखेका छन् । बेल्लोले भनेका छन् कि, अझै म मरेको छैन, पूरै तरिकाले जिउँदो छु, बिहे गर्न जारी नै राख्नेछु ।

बेल्लो यसरी बिहे गर्ने ईश्वरको हुकुम भएको बताउँछन् । केही इस्लामिक अधिकारीसँग बेल्लोको झगडा पनि भइसकेको छ । बेल्लोको परिवारलाई सिंगो समुदायका रुपमा हेरिन्छ ।

केही समय पहिले उनको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । तर पछि उनले आफ्ना विरोधीहरुले यस्तो भ्रम फैलाएको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए ।

यस खबरलाई लिएर मोहम्मद बेल्लोले पत्रकारसँग आफू पूर्ण रुपमा जिउँदो भएको बताए । त्यो समयमा उनले भनेका थिए ‘जसले मेरो मृत्युको खबर फैलाएको छ, उसलाई अल्लाहले मलाई के गरे र उसका लागि के गरिरहेका छन् ।’

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : ०८ बजे

जबरजस्ती करणी अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं– मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता

मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ? 

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी 

१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ

काठमाडौं–  विश्वमा विभिन्न राज्यहरूको विकासको अवस्थाअनुसार त्यहाँ काम गर्ने मजदुरहरूको